२०८२, ७ आश्विन मंगलबार

मन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने

मन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने भएका छन्।

सोमबार सपथ ग्रहण गरी पदभार सम्हालेपछि मन्त्री पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। मन्त्रालयका अनुसार, सिंहदरबारभित्रको केशर महलमा मन्त्रीको बसाइको व्यवस्था गरिएको छ। मन्त्रालयका सहसचिव अनिता निरौलाले भनिन्, “कोठा भेटियो। आज बेलुकाबाट मन्त्रीज्यू मन्त्रालयमै बस्नु हुन्छ। एक सेट सुत्ने तथा खाने व्यवस्था समेत तयार छ।”

सिंहदरबारभित्र रहेको मन्त्रालय जेनजी आन्दोलनका क्रममा आगलागी हुँदा, मन्त्रालयले केशर महलबाट सेवा सञ्चालन गर्दै आएको छ। उनले थपिन्, “सेवामा असर नपर्ने गरी कोठा तयार पारिएको छ।”

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  ५ : २४ बजे

मन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन आजदेखि

महाराजगञ्जमा प्रहरीको हत्या आरोमा : काभ्रेका युवक पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा महाराजगञ्जमा भएको प्रहरी हत्या प्रकरणमा

पूर्व नगरप्रमुख टीपी शर्मा तिमल्सिनाको निधन

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टंकप्रसाद (टीपी) शर्मा

नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली, नेताकर्मीसँग उत्साहपूर्ण भेटघाट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार भक्तपुरको

टोपबहादुर लुगाफाटोसहित डिल्लीबजार कारागार फर्किए

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सुन्धारास्थित सेन्ट्रल