२०८३, २१ आश्विन बिहीबार

पूर्व नगरप्रमुख टीपी शर्मा तिमल्सिनाको निधन

पूर्व नगरप्रमुख टीपी शर्मा तिमल्सिनाको निधन


काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टंकप्रसाद (टीपी) शर्मा तिमल्सिनाको निधन भएको छ। ६७ वर्षीय तिमल्सिनाको उपचारका क्रममा असोज ७ गते धुलिखेल अस्पतालमा निधन भएको परिवारले जनाएको छ।

गत साउन १० गते स्कुटर दुर्घटनामा परेर गम्भीर घाइते भएका तिमल्सिनाको शल्यक्रिया गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि उनी लामो समय अस्पतालमै उपचाररत थिए। तिमल्सिना २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भई नमोबुद्ध नगरपालिकाको नगरप्रमुख बनेका थिए। नगरप्रमुखका रुपमा उनले इँटा-भट्टा हटाउने, वातावरण संरक्षण गर्ने, सार्वजनिक स्वास्थ्य सुधार, यातायात व्यवस्थापन, वृद्धवृद्धा अभिभावकत्व कार्यक्रम सञ्चालन लगायतका कार्यलाई प्राथमिकता दिएका थिए।

राजनीतिसँगै उनी पत्रकारिता र साहित्य क्षेत्रमा पनि सक्रिय थिए। उनका कविता तथा लेख प्रकाशित भएका छन् भने “खाल्डोभित्र नअटेको मान्छे” नामक कृति प्रकाशनको तयारीमा रहेको थियो।

तिमल्सिनाको निधनले स्थानीय राजनीति र साहित्यिक जगत दुवै क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै एमालेका नेताहरू, स्थानीयवासी र साहित्यिक समुदायले शोक व्यक्त गरेका छन्। उनको योगदानलाई नमोबुद्ध नगरपालिका मात्र नभई काभ्रेपलाञ्चोक जिल्लाका नागरिकहरूले दीर्घकालीन रूपमा सम्झिरहने जनाइएको छ।

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  ३ : ५० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको