२०८३, १२ कार्तिक बिहीबार

पूर्व नगरप्रमुख टीपी शर्मा तिमल्सिनाको निधन

पूर्व नगरप्रमुख टीपी शर्मा तिमल्सिनाको निधन


काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टंकप्रसाद (टीपी) शर्मा तिमल्सिनाको निधन भएको छ। ६७ वर्षीय तिमल्सिनाको उपचारका क्रममा असोज ७ गते धुलिखेल अस्पतालमा निधन भएको परिवारले जनाएको छ।

गत साउन १० गते स्कुटर दुर्घटनामा परेर गम्भीर घाइते भएका तिमल्सिनाको शल्यक्रिया गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि उनी लामो समय अस्पतालमै उपचाररत थिए। तिमल्सिना २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भई नमोबुद्ध नगरपालिकाको नगरप्रमुख बनेका थिए। नगरप्रमुखका रुपमा उनले इँटा-भट्टा हटाउने, वातावरण संरक्षण गर्ने, सार्वजनिक स्वास्थ्य सुधार, यातायात व्यवस्थापन, वृद्धवृद्धा अभिभावकत्व कार्यक्रम सञ्चालन लगायतका कार्यलाई प्राथमिकता दिएका थिए।

राजनीतिसँगै उनी पत्रकारिता र साहित्य क्षेत्रमा पनि सक्रिय थिए। उनका कविता तथा लेख प्रकाशित भएका छन् भने “खाल्डोभित्र नअटेको मान्छे” नामक कृति प्रकाशनको तयारीमा रहेको थियो।

तिमल्सिनाको निधनले स्थानीय राजनीति र साहित्यिक जगत दुवै क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै एमालेका नेताहरू, स्थानीयवासी र साहित्यिक समुदायले शोक व्यक्त गरेका छन्। उनको योगदानलाई नमोबुद्ध नगरपालिका मात्र नभई काभ्रेपलाञ्चोक जिल्लाका नागरिकहरूले दीर्घकालीन रूपमा सम्झिरहने जनाइएको छ।

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  ३ : ५० बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल