२०८३, ११ कार्तिक बुधबार

नारायणगढ-मुग्लिन सडक खण्डमा पुन : पहिरो, यातायात प्रभावित

नारायणगढ-मुग्लिन सडक खण्डमा पुन : पहिरो, यातायात प्रभावित

दसैँमा घर हिँडेका यात्रुलाई सास्ती


चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलानजिक सोमबार रातिदेखि सुख्खा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। लगातार खसिरहेको पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि पूर्णरूपमा सडक खुल्न सकेको छैन।

भरतपुर सडक डिभिजनका अनुसार तुइन खोलामा खसेको पहिरो पन्छाउन डोजरलगायत उपकरण परिचालन गरिएको छ। तर, सवारी साधनहरू अव्यवस्थित रूपमा सडकमा रोकिएकाले आवश्यक उपकरण र इन्धन ल्याउन कठिनाइ भएको जनाइएको छ।

यसैबीच, मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत धादिङको जवाङ खोलानजिक पनि सुख्खा पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको छ। मंगलबार बिहान ठूलो पहिरो खसेपछि अझै पनि ढुंगा–माटो खसिरहेको हुँदा पन्छाउने कार्यमा अवरोध भएको धादिङ प्रहरीले जनाएको छ। प्रहरीले यात्रु र चालकलाई तत्काल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  ८ : ५३ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा