२०८३, २९ भाद्र मंगलबार

नारायणगढ-मुग्लिन सडक खण्डमा पुन : पहिरो, यातायात प्रभावित

नारायणगढ-मुग्लिन सडक खण्डमा पुन : पहिरो, यातायात प्रभावित

दसैँमा घर हिँडेका यात्रुलाई सास्ती


चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलानजिक सोमबार रातिदेखि सुख्खा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। लगातार खसिरहेको पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि पूर्णरूपमा सडक खुल्न सकेको छैन।

भरतपुर सडक डिभिजनका अनुसार तुइन खोलामा खसेको पहिरो पन्छाउन डोजरलगायत उपकरण परिचालन गरिएको छ। तर, सवारी साधनहरू अव्यवस्थित रूपमा सडकमा रोकिएकाले आवश्यक उपकरण र इन्धन ल्याउन कठिनाइ भएको जनाइएको छ।

यसैबीच, मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत धादिङको जवाङ खोलानजिक पनि सुख्खा पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको छ। मंगलबार बिहान ठूलो पहिरो खसेपछि अझै पनि ढुंगा–माटो खसिरहेको हुँदा पन्छाउने कार्यमा अवरोध भएको धादिङ प्रहरीले जनाएको छ। प्रहरीले यात्रु र चालकलाई तत्काल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  ८ : ५३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक