२०८२, २ कार्तिक शनिबार

मुक्तिनाथ विकास बैंकले १८.२०% लाभांश घोषणा, बोनस शेयर र नगद दुवै समावेश

मुक्तिनाथ विकास बैंकले १८.२०% लाभांश घोषणा, बोनस शेयर र नगद दुवै समावेश


काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १८.२० प्रतिशत दरमा लाभांश दिने योजना बनाएको हो।

यसमा १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश (करसहित) समावेश गरिएको छ। भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सो निर्णय गरेको जनाएको छ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूलाई लाभांश वितरण गरिनेछ। बैंकका अधिकारीहरूले यस कदमले शेयरधनीको प्रतिफल सुनिश्चित गर्दै वित्तीय स्थायित्व कायम राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ९ : ५१ बजे

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन मंसिर २७

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी