२०८३, ५ भाद्र शनिबार

शिक्षामन्त्री महावीर पुनले पहिलो निर्णयमै हस्ताक्षर नगर्ने अडान

शिक्षामन्त्री महावीर पुनले पहिलो निर्णयमै हस्ताक्षर नगर्ने अडान


काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेलगत्तै गरिएको पहिलो निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्। उनले हस्ताक्षरको प्रक्रियालाई औपचारिकता मात्र मानेर नचल्नुपर्ने भन्दै मन्त्रालयका कर्मचारीलाई चुनौती दिएका हुन्।

पदभार ग्रहणका लागि सोमबार केशरमहलस्थित शिक्षा मन्त्रालय पुगेका मन्त्री पुनले कार्यभार सम्हालेपछि आफूलाई हस्ताक्षर गराउने तयारी गरिएको पहिलो निर्णयमा आपत्ति जनाए । सो निर्णय वैज्ञानिकहरूको एक समिति गठनसम्बन्धी थियो, जुन सचिवालयले पहिले नै तयारी गरेर ल्याएको थियो ।

तर मन्त्री पुनले त्यसमा सिधा हस्ताक्षर गर्न अस्वीकार गरे। उनका अनुसार, “यस्ता समिति त कति बन्छन् कति, तर काम गर्ने र नतिजा देखाउने कुरा हो,” भन्दै उनले निर्णयमा तत्काल सही गर्न मानेनन्।

स्रोतका अनुसार, मन्त्रालयका उच्च अधिकारीहरूले यो प्रक्रिया परम्परागत औपचारिकता मात्र भएको भन्दै मन्त्री पुनलाई लामो समयसम्म बुझाउने प्रयास गरे। अन्ततः उनले केही शर्त राख्दै हस्ताक्षर गरे। मन्त्री पुनले भने, “अहिले हस्ताक्षर चैँ गर्छु, तर यो निर्णय मेरो टिमले पछि समीक्षा गर्छ।”

महावीर पुन लामो समयदेखि वैज्ञानिक अनुसन्धान र प्रविधि विकासका क्षेत्रमा अग्रसर सामाजिक अभियन्ताका रूपमा परिचित छन्। मन्त्रालयमा उनले देखाएको सक्रियता र गम्भीरताले उनी परम्परागत शैलीमा परिवर्तन ल्याउन इच्छुक देखिएको संकेत दिएको छ। अब मन्त्री पुनको नेतृत्वमा शिक्षा तथा विज्ञान क्षेत्रमा व्यावहारिक सुधार र परिणाममुखी कार्यशैलीको अपेक्षा बढेको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ५ : ४७ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही