२०८३, १२ कार्तिक बिहीबार

तीन मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री सिन्हाले गरे पदभार ग्रहण

तीन मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री सिन्हाले गरे पदभार ग्रहण


काठमाडौं । नवनियुक्त मन्त्री अनील कुमार सिन्हाले सोमबार तीन मन्त्रालयको जिम्मेवारी सहित पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा शपथ लिएपछि उनले सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन्।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको हो। सिन्हालाई कानुन मन्त्रालयको जिम्मेवारी अघिल्लो कार्यकालमा गृहमन्त्री ओमप्रकाश अर्यालले सम्हाल्दै आएका थिए। तर प्रधानमन्त्री कार्कीले सो मन्त्रालय सिन्हालाई सुम्पिएको निर्णय गरेकी हुन्।

पूर्व सर्वोच्च अदालतका न्यायाधीशसमेत रहेका अनील कुमार सिन्हाले कानुनी क्षेत्रको लामो अनुभव बोकेकोले कानुन मन्त्रालयमा विशेष ध्यान दिने संकेत दिएका छन्। पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “अबको प्राथमिकता तीनै मन्त्रालयमा समन्वयात्मक कार्यशैली विकास गर्नु हो।”

सिन्हाले उद्योग र भूमि व्यवस्थाको क्षेत्रमा पनि सुधार र प्रभावकारी नीति कार्यान्वयनमा जोड दिने बताएका छन्। सरकारको नीति तथा कार्यक्रमअनुसार सहकारी व्यवस्थापन सुधार, उद्योग प्रवर्द्धन, र विधिको शासन बलियो बनाउने उद्देश्यसहित आफू अघि बढ्ने उनले बताएका छन्।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ५ : ३९ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल