२०८३, ३ भाद्र बिहीबार

तीन मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री सिन्हाले गरे पदभार ग्रहण

तीन मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री सिन्हाले गरे पदभार ग्रहण


काठमाडौं । नवनियुक्त मन्त्री अनील कुमार सिन्हाले सोमबार तीन मन्त्रालयको जिम्मेवारी सहित पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा शपथ लिएपछि उनले सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन्।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको हो। सिन्हालाई कानुन मन्त्रालयको जिम्मेवारी अघिल्लो कार्यकालमा गृहमन्त्री ओमप्रकाश अर्यालले सम्हाल्दै आएका थिए। तर प्रधानमन्त्री कार्कीले सो मन्त्रालय सिन्हालाई सुम्पिएको निर्णय गरेकी हुन्।

पूर्व सर्वोच्च अदालतका न्यायाधीशसमेत रहेका अनील कुमार सिन्हाले कानुनी क्षेत्रको लामो अनुभव बोकेकोले कानुन मन्त्रालयमा विशेष ध्यान दिने संकेत दिएका छन्। पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “अबको प्राथमिकता तीनै मन्त्रालयमा समन्वयात्मक कार्यशैली विकास गर्नु हो।”

सिन्हाले उद्योग र भूमि व्यवस्थाको क्षेत्रमा पनि सुधार र प्रभावकारी नीति कार्यान्वयनमा जोड दिने बताएका छन्। सरकारको नीति तथा कार्यक्रमअनुसार सहकारी व्यवस्थापन सुधार, उद्योग प्रवर्द्धन, र विधिको शासन बलियो बनाउने उद्देश्यसहित आफू अघि बढ्ने उनले बताएका छन्।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ५ : ३९ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती