२०८२, ६ आश्विन सोमबार

श्रीमतीको हत्या गरी फरार कैदी सन्तबहादुर तामाङ आफैं नख्खु कारागार फर्किए

श्रीमतीको हत्या गरी फरार कैदी सन्तबहादुर तामाङ आफैं नख्खु कारागार फर्किए


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२, गागलमा श्रीमतीको हत्या गरेका फरार कैदी सन्तबहादुर तामाङ आफैं नख्खु कारागार फर्किएको खुलासा भएको छ। जबरजस्ती करणीको मुद्दामा जेल सजाय भोगिरहेका तामाङ भदौ २४ गते नख्खु कारागारमा भएको झडपका क्रममा जेलबाट फरार भएका थिए। फरार भएको केही दिनपछि, असोज २ गते राति, उनले श्रीमती मनिषा घ्यावा तामाङ (जमुना) लाई परपुरुषसँग लागेको शंकामा कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हत्या पछि तामाङले शवलाई घर नजिकैको करेसा बारीमा खाल्डो खनी पुरेका थिए। त्यसको भोलिपल्ट, असोज ३ गते, उनी आफैं नख्खु कारागार फर्किए। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहले दिएको जानकारी अनुसार, तामाङको गतिविधिप्रति शंका लागेपछि थप अनुसन्धान गरिएको थियो। अनुसन्धानमा श्रीमतीको हत्या गरी शव लुकाएको प्रमाण भेटिएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली खटाई शवको उत्खनन गरियो।

प्रहरी स्रोतका अनुसार, मृतकको शव फोरेन्सिक पोस्टमार्टमका लागि धुलिखेल अस्पतालस्थित फोरेन्सिक मेडिसिन विभागमा लगिएको छ। तामाङको जेल सजाय सकिन एक महिना मात्र बाँकी थियो। तर अब उनीमाथि कर्तव्य ज्यान मुद्दामा पनि अनुसन्धान भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार, हत्या आरोपबाट जोगिन र शंका नपरोस् भन्ने उद्देश्यले उनी आफैं जेल फर्किएका हुन्।

तामाङका १२ वर्षीय छोरा र ३ वर्षीया छोरी छन्। परिवारमा परेको यो दुर्घटनाले गाउँमा समेत स्तब्धता छाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ५ : ०२ बजे

सूर्यविनायक-धुलिखेल सडक विस्तारमा मन्त्री घिसिङको प्रतिवद्धता : बजेट अभाव हुन दिन्नँ

भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात

दुग्ध र उखु किसानको समस्याको समाधान गर्ने कृषिमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । नयाँ नियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री मदन

सञ्चारमन्त्रीको पहिलो निर्णय : १० प्रमुख शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा

काठमाडौँ । हालै नियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश

मन्त्री महावीर पुनले पदभार ग्रहणपछि भने: “मन्त्रालयमै बस्छु, आफैं पकाएर पनि खान्छु”

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सोमबार

शिक्षामन्त्री महावीर पुनले पहिलो निर्णयमै हस्ताक्षर नगर्ने अडान

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार