२०८३, ६ कार्तिक शुक्रबार

श्रीमतीको हत्या गरी फरार कैदी सन्तबहादुर तामाङ आफैं नख्खु कारागार फर्किए

श्रीमतीको हत्या गरी फरार कैदी सन्तबहादुर तामाङ आफैं नख्खु कारागार फर्किए


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२, गागलमा श्रीमतीको हत्या गरेका फरार कैदी सन्तबहादुर तामाङ आफैं नख्खु कारागार फर्किएको खुलासा भएको छ। जबरजस्ती करणीको मुद्दामा जेल सजाय भोगिरहेका तामाङ भदौ २४ गते नख्खु कारागारमा भएको झडपका क्रममा जेलबाट फरार भएका थिए। फरार भएको केही दिनपछि, असोज २ गते राति, उनले श्रीमती मनिषा घ्यावा तामाङ (जमुना) लाई परपुरुषसँग लागेको शंकामा कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हत्या पछि तामाङले शवलाई घर नजिकैको करेसा बारीमा खाल्डो खनी पुरेका थिए। त्यसको भोलिपल्ट, असोज ३ गते, उनी आफैं नख्खु कारागार फर्किए। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहले दिएको जानकारी अनुसार, तामाङको गतिविधिप्रति शंका लागेपछि थप अनुसन्धान गरिएको थियो। अनुसन्धानमा श्रीमतीको हत्या गरी शव लुकाएको प्रमाण भेटिएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली खटाई शवको उत्खनन गरियो।

प्रहरी स्रोतका अनुसार, मृतकको शव फोरेन्सिक पोस्टमार्टमका लागि धुलिखेल अस्पतालस्थित फोरेन्सिक मेडिसिन विभागमा लगिएको छ। तामाङको जेल सजाय सकिन एक महिना मात्र बाँकी थियो। तर अब उनीमाथि कर्तव्य ज्यान मुद्दामा पनि अनुसन्धान भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार, हत्या आरोपबाट जोगिन र शंका नपरोस् भन्ने उद्देश्यले उनी आफैं जेल फर्किएका हुन्।

तामाङका १२ वर्षीय छोरा र ३ वर्षीया छोरी छन्। परिवारमा परेको यो दुर्घटनाले गाउँमा समेत स्तब्धता छाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ५ : ०२ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट