२०८३, ११ श्रावण मंगलबार

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला


काठमाडौँ । यात्रुवाहक सार्वजनिक सवारी साधनहरूका लागि आज (सोमबार)देखि रुट परमिट खुला गरिएको छ। चाडपर्वका अवसरमा यात्रुहरूको चाप बढ्ने भएकाले यातायात व्यवस्थालाई सहज बनाउन नेपाल सरकारको सहकार्यमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर रुट परमिट खुला गरेको हो ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब सवारी साधनहरूले पूर्वनिर्धारित रुटबिना पनि गन्तव्यस्थानसम्म जान पाउने छन्। यसले दशैं, तिहार, छठ जस्ता चाडपर्वमा घर फर्किने यात्रुहरूलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ। तर, विशेष प्रकृतिका सडकहरूमा पहिले नै रोक लगाइएका आकार वा प्रकारका सवारी साधनहरूका लागि भने प्रतिबन्ध कायमै रहनेछ । रुट परमिट खुला व्यवस्था आगामी असोज २२ गतेसम्म कायम रहने जनाइएको छ। यात्रुहरूको व्यवस्थापन गर्न र अस्थायीत्वबाट बच्नका लागि सवारी साधनहरूमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिनुपर्ने व्यवस्था लागू गरिएको महासङ्घले स्पष्ट पारेको छ।

यता, चाडपर्वमा सडकमा चाप बढ्ने भएकाले खाद्यान्न तथा अत्यावश्यक सामग्री बाहेकका ठूला ट्रेलर तथा मालवाहक सवारी साधनहरूलाई नारायणघाटदेखि काठमाडौंसम्म पूर्णिमासम्म सञ्चालनमा रोक लगाइएको छ। यसअघि सरकारले नै सो निर्णय गरेको हो। यस निर्णयबाट चाडपर्वमा लामो दूरीको यात्रा गर्ने यात्रुहरूलाई राहत पुग्ने तथा सवारी चाप व्यवस्थापनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ९ : १० बजे

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, हजारौं बिरामी प्रभावित

काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश

सिरहामा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

जनकपुरधाम ।   सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा