२०८३, १९ आश्विन मंगलबार

सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस

सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वका लागि सञ्चारकर्मी जगदीश खरेलको नाम सिफारिस गरेकी छन्। प्रधानमन्त्री कार्कीले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम औपचारिकरूपमा सिफारिस गरेकी हुन्।

दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील खरेल इमेज टिभीका समाचार प्रमुख समेत भइसकेका छन्। उनी लामो समयदेखि चर्चित अन्तर्वार्ता कार्यक्रम ‘हट सिट’ सञ्चालन गर्दै आएका थिए, जसले राजनीतिक र सामाजिक विषयमा गहिरो बहसको वातावरण सिर्जना गर्ने गरेको थियो। खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् भने अहिले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधि (PhD) गरिरहेका छन्।

सञ्चारमन्त्री पदका लागि सिफारिस गरिएका खरेल कुनै राजनीतिक दलमा औपचारिक रूपमा आबद्ध छैनन्। प्रधानमन्त्री कार्कीले राजनीतिक दलभन्दा बाहिरका विज्ञ व्यक्तिहरूलाई सरकारमा ल्याउने नीति अनुरूप खरेललाई सिफारिस गरेकी हुन्। यो कदमलाई पेशागत योग्यता र निष्पक्षतालाई प्राथमिकता दिएको संकेतको रूपमा हेरिएको छ । दोलखा निवासी खरेलको नाम सार्वजनिक भएपछि सञ्चार तथा राजनीतिक वृत्तमा स्वागत र चर्चा दुवै भइरहेको छ । केहीले यो नियुक्तिलाई सकारात्मक परिवर्तनको संकेत मानेका छन् भने केहीले प्रधानमन्त्रीको निर्णयमाथि थप स्पष्टता र जवाफदेहिता अपेक्षा गरेका छन्।

राष्ट्रपतिबाट सिफारिस स्वीकृत भएपछि खरेलले छिट्टै पद तथा गोपनीयताको शपथ लिनेछन्।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  ९ : १५ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि