२०८३, १२ कार्तिक बिहीबार

कांग्रेसमा विशेष महाधिवेशनको बहस तीव्र : महामन्त्रीहरू हस्ताक्षर अभियानको तयारीमा

कांग्रेसमा विशेष महाधिवेशनको बहस तीव्र : महामन्त्रीहरू हस्ताक्षर अभियानको तयारीमा


काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको छ। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आवश्यकता औंल्याउँदै केन्द्रीय समितिबाट निर्णय नभए हस्ताक्षर अभियान सुरु गर्ने चेतावनी दिएका छन्।

कांग्रेस विधान अनुसार, केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिहरूले विशेष कारण खुलाएर माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ।

महामन्त्री विश्वप्रकाश शर्माले विधानको दफा १७ को उपदफा २ को उल्लेख गर्दै भने, “हाम्रो पार्टी विधानले केन्द्रीय समितिले चाहेमा विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था गरेको छ। हामीले यसबारे प्रस्ताव राखिसकेका छौं, त्यसैले केन्द्रीय समितिबाटै निर्णय हुने अपेक्षा गरेका छौं।”

उनका अनुसार, यदि केन्द्रीय समिति तयार नभए, विधानमा उल्लेखित अर्को विकल्प– महाधिवेशन प्रतिनिधिहरूमार्फत हस्ताक्षर अभियान–मा जाने योजना रहेको छ।

“हामी लोकतान्त्रिक प्रक्रिया अनुसार अघि बढ्छौं,” शर्माले भने, “विधान अनुसारको बाटो अवलम्बन गर्दै पार्टीभित्र आवश्यक बहस र समीक्षा गर्न विशेष महाधिवेशन अपरिहार्य देखिएको छ।”

पार्टीभित्र नेतृत्व, संगठन र नीति–दिशा सम्बन्धी असन्तुष्टिहरू बढिरहेका बेला महामन्त्रीद्वयको सक्रियता कांग्रेसभित्र फेरि एकपटक आन्तरिक छलफल र समीक्षा प्रक्रिया सुरु गर्ने संकेतको रूपमा हेरिएको छ।

विशेष महाधिवेशनको मागलाई लिएर विभिन्न तहका नेताहरूबीच परामर्श र छलफल भइरहेको छ। नेतृत्व पक्ष भने अहिले नै विशेष महाधिवेशन आवश्यक नरहेको धारणा राख्दै आएको छ।

अबको केही साताभित्र केन्द्रीय समिति बैठक बस्ने तयारी भइरहेको छ। त्यस बैठकमा विशेष महाधिवेशनबारे निर्णय नआएमा गगन–विश्वप्रकाश पक्षले हस्ताक्षर संकलन अभियानमार्फत दबाब बढाउने संकेत दिएका छन्।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  ९ : ०५ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल