२०८२, ५ आश्विन आईतबार

राष्ट्रपति समक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

राष्ट्रपति समक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन


काठमाडौं । राष्ट्रपति समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेश गरेका हुन्। कार्यक्रममा राष्ट्रपतिको सचिवालयका पदाधिकारी, आयोगका अन्य पदाधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

अख्तियारले प्रत्येक वर्ष आफ्नो गतिविधि, अनुसन्धान, मुद्दा दायर, र सिफारिससम्बन्धी विवरणसहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउँदै आएको छ। प्रतिवेदन सार्वजनिक भएसँगै यसमा उल्लेखित तथ्यांक, सिफारिस र सुझावहरू सार्वजनिक चासोको विषय बन्ने निश्चित छ।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  ६ : १२ बजे

कांग्रेसमा विशेष महाधिवेशनको बहस तीव्र : महामन्त्रीहरू हस्ताक्षर अभियानको तयारीमा

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको

देश बचाउनको लागि संविधान खारेज नगरेको हो : सुदन गुरुङ

काठमाडौं । हामी नेपालका संयोजक तथा जेनजी अभियान्ता सुदन गुरुङले

सरकारसँग छलफलपछि निजी क्षेत्र आशावादी

काठमाडौँ । हालैको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र

निर्वाचन आयोगको प्रस्ताव : मतदाता नामावली संकलन गर्न ऐन संशोधन गर्न सरकारलाई आग्रह

काठमाडौँ । आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली

राष्ट्रपति समक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं । राष्ट्रपति समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन