२०८२, १७ कार्तिक आईतबार

काठमाडौंको गेस्ट हाउसमा २२ वर्षीया युवती मृत फेला

काठमाडौंको गेस्ट हाउसमा २२ वर्षीया युवती मृत फेला


काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसमा २२ वर्षीया एक युवती मृत अवस्थामा फेला परेकी छन्। काठमाडौं महानगरपालिका–२८ स्थित न्युरोड क्षेत्रको न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा कास्की, पोखरा घर भएकी सनिसरा राना शनिबार राति मृत भेटिएकी हुन्।

गेस्ट हाउसको कर्मचारीले युवती लामो समयसम्म कोठाबाट बाहिर नआएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर ढोका खोल्दा उनी मृत अवस्थामा फेला परेकी थिइन्।

महानगरीय प्रहरी वृत्त जनपथका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुमान अनुसार मृत्युको कारण खुल्न बाँकी छ भने शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

युवती कसको साथमा गेस्ट हाउसमा आएकी थिइन्, उनले कोठा कसरी बुक गरिन् भन्नेबारे जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलबाट केही सामग्रीहरू पनि बरामद गरिएको बताइएको छ।

प्रहरीले गेस्ट हाउस सञ्चालक र स्टाफहरूबाट बयान लिएको छ भने सीसीटीभी फुटेज संकलनको प्रक्रिया पनि अगाडि बढाइएको छ।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  १ : ४७ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या