२०८३, ३ आश्विन आईतबार

‘बलिदान’ ट्रेलर युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

‘बलिदान’ ट्रेलर युट्युब ट्रेन्डिङको शीर्षस्थानमा


काठमाडौं । बडा दशैँको फूलपातीमा प्रदर्शन हुने बहुप्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को ट्रेलरले सार्वजनिक भएको केही घण्टामै युट्युबमा ट्रेन्डिङ नम्बर १ मा स्थान बनाएको छ।

शुक्रवार सार्वजनिक ट्रेलरले नेपालभित्र मात्र होइन, विदेशमा बसोबास गर्ने नेपाली समुदाय माझ पनि उत्तिकै चर्चा बटुलिरहेको छ। ट्रेलरमा समावेश भावनात्मक प्रस्तुति, तीव्र एक्सन र शक्तिशाली संवाद दर्शकलाई विशेष आकर्षण बनेको देखिएको छ।

चलचित्रमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा र अर्पण थापा मुख्य भूमिकामा देखिएका छन्। विशेषगरी समीर र सौगातको द्वन्द्व दृश्यले ट्रेलरलाई झनै रोमाञ्चक बनाएको छ।

निर्देशक सन्तोष सेन का अनुसार, ‘बलिदान’ केवल चलचित्र होइन, नेपाली जनताको विद्रोह र बलिदानको कथावस्तु हो। चलचित्रको शीर्षक गीत ‘यो ज्यान बलिदान’ पहिले नै दर्शकबीच लोकप्रिय बनिसकेको छ।

ट्रेलरको लोकप्रियतासँगै चलचित्रप्रतिको दर्शकको उत्साह झनै बढेको देखिन्छ।

प्रकाशित मिति : २०८२, ४ आश्विन शनिबार  ८ : २७ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका