२०८३, १२ असार शनिबार

‘संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकतामा आबद्ध गरेको छ’ : राष्ट्रपति पौडेल

‘संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकतामा आबद्ध गरेको छ’ : राष्ट्रपति पौडेल


काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधता बोकेको नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाबाट सिर्जित विभेद र उत्पीडनको अन्त्य गरेको उल्लेख गरे ।

संविधान दिवस २०८२ को अवसरमा राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै संविधानमा समावेश मूल्यमान्यता, अधिकार र दायित्वलाई आत्मसात् गर्न आह्वान गरे।

राष्ट्रपतिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीद्वारा दिगो शान्ति, सुशासन, समावेशी विकास र समृद्धि हासिल गर्न सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने, “संविधानले समतामूलक समाज निर्माण गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको जग खडा गरेको छ।”

राष्ट्रपतिले संविधानद्वारा प्रत्याभूत सेवा, सुविधा र अवसरमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए। सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ गर्दै कमजोर वर्ग र समुदायलाई संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले नेपालको प्रकृति, संस्कृति, जलस्रोत र ऊर्जा शक्तिको समुचित उपयोग गर्न सके मुलुक समुन्नत राष्ट्र बन्ने विश्वास व्यक्त गरे। “हाम्रो देशको हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचना र विविधताले अपार सम्भावना बोकेको छ,” उनले उल्लेख गरे।

संविधान दिवसको अवसरमा राष्ट्रपतिले संविधान निर्माण र गणतन्त्र स्थापनाका क्रममा बलिदान दिने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। साथै, आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेता, कार्यकर्ता तथा लोकतान्त्रिक आन्दोलनमा सहभागिता जनाउने आम नागरिकप्रति सम्मान व्यक्त गरे।

नेपालमा विसं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष संविधान दिवस मनाइन्छ।

प्रकाशित मिति : २०८२, ३ आश्विन शुक्रबार  ७ : २३ बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि