२०८३, १२ कार्तिक बिहीबार

काठमाडौं प्रहरीमा व्यापक सरूवा, एसएसपी रमेश थापा बने नयाँ प्रमुख

काठमाडौं प्रहरीमा व्यापक सरूवा, एसएसपी रमेश थापा बने नयाँ प्रमुख


काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा एकैपटक ६ जना वरिष्ठ प्रहरी अधिकृतहरूको सरूवा गरिएको छ । पछिल्ला समय काठमाडौंमा भएका प्रदर्शनहरू र त्यसक्रममा देखिएको प्रहरी प्रशासनको कमजोरीप्रति व्यापक आलोचना भएपछि उच्च तहमा व्यापक रूपले जिम्मेवारी हेरफेर गरिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीको स्थानमा प्रहरी प्रधान कार्यालय, नक्सालमा सहप्रवक्ताका रूपमा कार्यरत एसएसपी रमेश थापा लाई पठाइएको छ। अधिकारी माघ महिनामा मात्र काठमाडौं आएका थिए ।

प्रहरी स्रोतका अनुसार पछिल्लो भदौ २३ र २४ गते काठमाडौंमा भएको प्रदर्शनको क्रममा देखिएको समन्वयहीनता र ढिलासुस्तीका कारण प्रहरीको आलोचना चुलिएको थियो। यसअघि पनि गत चैत १५ गतेको घटनामा सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएको भन्दै प्रश्न उठाइएको थियो ।

प्रकाशित मिति : २०८२, २ आश्विन बिहीबार  ८ : ३८ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली