२०८२, २२ मंसिर सोमबार

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीले गुमाइन् बायाँ हात

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीले गुमाइन् बायाँ हात

चित्रकारको कीर्तिपुर बर्न अस्पतालमा उपचार जारी


काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले उपचारको क्रममा आफ्नो बायाँ हात गुमाएकी छिन् । गत २४ भदौमा ललितपुरस्थित निवासमा भएको आगजनी र तोडफोडको घटनामा गम्भीररूपमा घाइते भएकी चित्रकारको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार, गहिरो जलनका कारण बायाँ हातमा संक्रमण बढेपछि चिकित्सकको सल्लाहअनुसार हात काट्नुपरेको हो। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ। “एन्टिबायोटिक दिइरहेकै हातमा संक्रमण फैलिएको थियो। अवस्था जटिल भएपछि शल्यक्रियामार्फत हात काट्नुपर्‍यो,” अस्पताल स्रोतले जानकारी दियो। शल्यक्रिया सफल भएको र चित्रकारलाई अहिले वार्डमा सारिएको अस्पतालले जनाएको छ। यतिबेला परिवारले पनि उनको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको पुष्टि गरेको छ।

२४ भदौमा अज्ञात समूहले झलनाथ खनालको घरमा आगजनी तथा तोडफोड गरेको थियो। सो घटनाको अनुसन्धान जारी रहेको भए पनि दोषी पहिचान वा पक्राउ भएको विवरण सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : २०८२, २ आश्विन बिहीबार  ६ : ५९ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला