२०८३, १३ जेष्ठ बिहीबार

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीले गुमाइन् बायाँ हात

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीले गुमाइन् बायाँ हात

चित्रकारको कीर्तिपुर बर्न अस्पतालमा उपचार जारी


काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले उपचारको क्रममा आफ्नो बायाँ हात गुमाएकी छिन् । गत २४ भदौमा ललितपुरस्थित निवासमा भएको आगजनी र तोडफोडको घटनामा गम्भीररूपमा घाइते भएकी चित्रकारको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार, गहिरो जलनका कारण बायाँ हातमा संक्रमण बढेपछि चिकित्सकको सल्लाहअनुसार हात काट्नुपरेको हो। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ। “एन्टिबायोटिक दिइरहेकै हातमा संक्रमण फैलिएको थियो। अवस्था जटिल भएपछि शल्यक्रियामार्फत हात काट्नुपर्‍यो,” अस्पताल स्रोतले जानकारी दियो। शल्यक्रिया सफल भएको र चित्रकारलाई अहिले वार्डमा सारिएको अस्पतालले जनाएको छ। यतिबेला परिवारले पनि उनको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको पुष्टि गरेको छ।

२४ भदौमा अज्ञात समूहले झलनाथ खनालको घरमा आगजनी तथा तोडफोड गरेको थियो। सो घटनाको अनुसन्धान जारी रहेको भए पनि दोषी पहिचान वा पक्राउ भएको विवरण सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : २०८२, २ आश्विन बिहीबार  ६ : ५९ बजे

इजरायल जान नेपाली युवाको भीड, यस्तो छ केयरगिभर बन्ने ‘गोल्डेन चान्स’

काठमाडौं । वैदेशिक रोजगारीमा उच्च आम्दानी खोजिरहेका नेपाली युवाका लागि

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे