२०८३, २१ आश्विन बिहीबार

सरकारद्वारा असोज १ मा सार्वजनिक बिदा, देशभर राष्ट्रिय झण्डा आधा झुकाइने

सरकारद्वारा असोज १ मा सार्वजनिक बिदा, देशभर राष्ट्रिय झण्डा आधा झुकाइने


काठमाडौं । नेपाल सरकारले जेनजी पुस्ताद्वारा आयोजना गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा आज (बुधबार) का लागि देशभर राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ।

मन्त्रिपरिषद्को भदौ ३० गतेको बैठकले यस्तो निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सार्वजनिक सूचना जारी गर्दै सरकारले मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्नका लागि आजको दिनलाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउने निर्णय गरेको जानकारी दिएका हुन्।सूचनामा उल्लेख भएअनुसार, आज देशभरका सबै सरकारी कार्यालयहरू, साथै विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुनेछ। साथै, सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

सूचनामा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते नेपालभर सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ।” जेनजी पुस्ताको प्रदर्शनका क्रममा उत्पन्न घटनाले देशव्यापी ध्यान तानिरहेको बेला सरकारको तर्फबाट गरिएको यो निर्णयलाई केहीले सकारात्मक रूपमा लिएका छन् भने केहीले यसको नीतिगत पाटोबारे प्रश्न उठाएका छन्।

प्रकाशित मिति : २०८२, १ आश्विन बुधबार  ८ : ४९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी