२०८३, १३ कार्तिक शुक्रबार

सेनाका २२ जना सवार ट्रक दुर्घटना, ६ गम्भीरसहित १६ घाइते

सेनाका २२ जना सवार ट्रक दुर्घटना, ६ गम्भीरसहित १६ घाइते


हेटौंडा । नेपाली सेनाका २२ जना जवान सवार ट्रक मंगलबार दिउँसो मकवानपुर र बाराको सिमानास्थित चुरियामाई क्षेत्रमा दुर्घटनामा परेको छ। दुर्घटनामा परी १६ जना घाइते भएका छन्, जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार, दिउँसो करिब २:५० बजे हेटौंडा उपमहानगरपालिका–१५ र जितपुर सिमरा उपमहानगरपालिका–२२ को सीमामा पर्ने स्थानमा उक्त दुर्घटना भएको हो।
दुर्घटना स्थल चुरियामाई पुल नजिकै पर्छ, जहाँबाट लु १ ग २८० नम्बरको सेनाको ट्रक अनियन्त्रित भई १०–१२ फिट तल खोल्सामा खसेको हो।

घाइतेहरूको अवस्था

दुर्घटनामा १६ जना सैनिक कर्मचारी घाइते भएका छन्। तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।
गम्भीर घाइतेहरूमा:

  • हुद्दा चक्रबहादुर बोहरा
  • हुद्दा हिरामान माझी
  • अमलदार टिकाराम कँडेल
  • अमलदार सुनिल चौधरी
  • प्युठ भरत विक
  • सिपाही रोहित पाण्डे

प्रकाशित मिति : २०८२, १ आश्विन बुधबार  ७ : ५० बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित