२०८२, २६ पुस शनिबार

देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, मनसुन अझै सक्रिय

देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, मनसुन अझै सक्रिय


काठमाडौँ । हाल देशभर मनसुन सक्रिय रहँदा अरब सागर तथा बंगालको खाडिबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको छ। यसले गर्दा आगामी २४ घण्टासम्म विशेषगरी पाँच प्रदेशका विभिन्न भू-भागहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ भने अरब सागर तथा बंगालको खाडीबाट निरन्तर जलवाष्पयुक्त हावा प्रवेश भइरहेको छ। बुधबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको देखिएको छ। दिउँसो र राति समेत अधिकांश भू-भागमा बादल लाग्ने र वर्षा हुने सम्भावना रहेको छ।

दिउँसो बागमती प्रदेश, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य भागमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमै समेत कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश, कोशी र बागमती प्रदेशका पहाडी भागमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाइएको छ।

मौसमविद्हरूले पहाडी तथा तराई क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन्। भारी वर्षाका कारण पहिरो, बाढी तथा डुबानको जोखिम हुनसक्ने भएकाले सावधानीपूर्वक यात्रा तथा दैनिक क्रियाकलापहरू गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८२, १ आश्विन बुधबार  ७ : २४ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,