२०८३, १९ आश्विन मंगलबार

देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, मनसुन अझै सक्रिय

देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, मनसुन अझै सक्रिय


काठमाडौँ । हाल देशभर मनसुन सक्रिय रहँदा अरब सागर तथा बंगालको खाडिबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको छ। यसले गर्दा आगामी २४ घण्टासम्म विशेषगरी पाँच प्रदेशका विभिन्न भू-भागहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ भने अरब सागर तथा बंगालको खाडीबाट निरन्तर जलवाष्पयुक्त हावा प्रवेश भइरहेको छ। बुधबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको देखिएको छ। दिउँसो र राति समेत अधिकांश भू-भागमा बादल लाग्ने र वर्षा हुने सम्भावना रहेको छ।

दिउँसो बागमती प्रदेश, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य भागमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमै समेत कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश, कोशी र बागमती प्रदेशका पहाडी भागमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाइएको छ।

मौसमविद्हरूले पहाडी तथा तराई क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन्। भारी वर्षाका कारण पहिरो, बाढी तथा डुबानको जोखिम हुनसक्ने भएकाले सावधानीपूर्वक यात्रा तथा दैनिक क्रियाकलापहरू गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८२, १ आश्विन बुधबार  ७ : २४ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि