२०८२, २३ फाल्गुन आईतबार

गृहमन्त्री अर्यालद्वारा बग्गीखाना ट्राफिक प्रहरी कार्यालयको अनुगमन

गृहमन्त्री अर्यालद्वारा बग्गीखाना ट्राफिक प्रहरी कार्यालयको अनुगमन


काठमाडौं । गृहमन्त्री तथा कानून मन्त्री ओमप्रकाश अर्यालले आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानाको अनुगमन गरेका छन्। उनले गत भदौ २३–२४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि कार्यालयमा पुगी क्षति अवलोकन गरेका हुन्।

जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए, जसका कारण ट्राफिक प्रहरीको संरचना र सेवा प्रभावित भएको थियो।

अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री अर्यालले सार्वजनिक र निजी सम्पत्तिमा आगजनी गर्नु गलत कार्य भएको बताए। उनले भने, “देशलाई नष्ट पार्ने काम कसैले पनि गर्न हुँदैन। हामी नेपाली हौं, यो हाम्रो मातृभूमि हो। जे-जस्तो कठिनाइ आए पनि सहनुपर्छ।”

उनले थपे, “अब भौतिक संरचनाको मात्र पुनर्निर्माण होइन, हाम्रो आचरण र पद्धतिको पनि पुनर्निर्माण हुन सक्छ। त्यसका लागि सबै सरोकारवालाको सहमति जुटाएर काम अघि बढाउनेछौं।”

मन्त्री अर्यालले ट्राफिक प्रहरी कार्यालयको पुनर्निर्माणको प्रक्रिया चाँडै सुरु गरिने जानकारी दिए। उनका अनुसार सबै सरोकारवाला निकायको समन्वयमा योजना अघि बढाइनेछ।

सञ्चारकर्मीले उठाएका प्रश्नहरूमा मन्त्री अर्यालले आन्दोलनको मूल भावना बुझ्नुपर्ने भए पनि त्यसको नाममा हिंसात्मक गतिविधि स्वीकार्य नहुने बताए।

प्रकाशित मिति : २०८२, ३१ भाद्र मंगलबार  ३ : २१ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै