२०८३, ९ भाद्र बुधबार

आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई जना पक्राउ

आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई जना पक्राउ


जनकपुर । जनकपुरधाममा जारी जेनजी आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मधेश प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको नेपाल प्रहरीको एसएलआर राइफल तथा ५० राउण्ड गोलीसहित उनीहरू पक्राउ परेका हुन्।

धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिष कुमार अधिकारी र २१ वर्षीय सन्तोष कुमार यादव रहेका छन्। उनीहरूलाई सिसिटिभी फुटेजको आधारमा चिनिएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटना जेनजी आन्दोलनको क्रममा भएको थियो। आन्दोलनकारीहरूको समूहले मधेश प्रदेश लोक सेवा आयोगको कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट गरेका थिए। त्यस क्रममा सुरक्षाका लागि खटिएको प्रहरीबाट एक थान एसएलआर राइफल लुटिएको थियो।

भाडाको घरमा सञ्चालनमा रहेको आयोगको कार्यालयमा चार वटा चारपाङ्ग्रे गाडी, चार वटा मोटरसाइकल, सिसिटिभी क्यामरा लगायतका संरचनामा तोडफोड र आगजनी गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी छ। जिल्ला प्रहरी कार्यालय धनुषाले घटनालाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएको जनाएको छ।

प्रकाशित मिति : २०८२, ३१ भाद्र मंगलबार  ७ : २३ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर