२०८२, १९ कार्तिक मंगलबार

चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालनमा

चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालनमा


काठमाडौं । आउँदै गरेका महान चाडपर्वहरू – वडादशैं, तिहार र छठको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, बागमती प्रादेशिक कार्यालयले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । आज सोमबारदेखि काठमाडौंको थापाथलीस्थित केन्द्रबाट औपचारिक रूपमा सहुलियत मूल्य पसलको सुरुवात गरिएको हो। कम्पनीका अनुसार, पसलमा चाडपर्वमा अत्यधिक उपभोग हुने खाद्यान्न र उपभोग्य वस्तुहरू बजार मूल्यभन्दा कम मूल्यमा बिक्री गरिनेछ। यसबाट उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ।

सस्तोमा उपलब्ध हुने सामग्रीहरू

सहुलियत मूल्य पसलमार्फत निम्न वस्तुहरूमा छुट प्रदान गरिने जनाइएको छ:

  • चामल, गहुँ, दाल, चिनी, नुन
  • तेल, मसला, पिठो
  • बाख्राको मासु, च्यांग्राको मासु (सीमित मात्रा)
  • चाडपर्व विशेष सामग्रीहरू

पसल सञ्चालनसँगै खाद्य कम्पनीले बजारमा कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि हुन नदिन पनि अनुगमन तीव्र पारिने बताएको छ।

अन्य स्थानमा पनि विस्तार हुँदै

थापाथलीबाट सुरु भएको सहुलियत मूल्य पसल काठमाडौं उपत्यकाका अन्य स्थान तथा बागमती प्रदेशका मुख्य सहरहरूमा पनि क्रमशः विस्तार गरिने जानकारी कम्पनीले दिएको छ।

प्रकाशित मिति : २०८२, ३० भाद्र सोमबार  ६ : २८ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई