२०८३, २० जेष्ठ बिहीबार

चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालनमा

चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालनमा


काठमाडौं । आउँदै गरेका महान चाडपर्वहरू – वडादशैं, तिहार र छठको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, बागमती प्रादेशिक कार्यालयले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । आज सोमबारदेखि काठमाडौंको थापाथलीस्थित केन्द्रबाट औपचारिक रूपमा सहुलियत मूल्य पसलको सुरुवात गरिएको हो। कम्पनीका अनुसार, पसलमा चाडपर्वमा अत्यधिक उपभोग हुने खाद्यान्न र उपभोग्य वस्तुहरू बजार मूल्यभन्दा कम मूल्यमा बिक्री गरिनेछ। यसबाट उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ।

सस्तोमा उपलब्ध हुने सामग्रीहरू

सहुलियत मूल्य पसलमार्फत निम्न वस्तुहरूमा छुट प्रदान गरिने जनाइएको छ:

  • चामल, गहुँ, दाल, चिनी, नुन
  • तेल, मसला, पिठो
  • बाख्राको मासु, च्यांग्राको मासु (सीमित मात्रा)
  • चाडपर्व विशेष सामग्रीहरू

पसल सञ्चालनसँगै खाद्य कम्पनीले बजारमा कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि हुन नदिन पनि अनुगमन तीव्र पारिने बताएको छ।

अन्य स्थानमा पनि विस्तार हुँदै

थापाथलीबाट सुरु भएको सहुलियत मूल्य पसल काठमाडौं उपत्यकाका अन्य स्थान तथा बागमती प्रदेशका मुख्य सहरहरूमा पनि क्रमशः विस्तार गरिने जानकारी कम्पनीले दिएको छ।

प्रकाशित मिति : २०८२, ३० भाद्र सोमबार  ६ : २८ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल