२०८२, २ कार्तिक शनिबार

एनसेलले प्रहरीमा दियो तोडफोड, आगजनी र डकैती सम्बन्धी उजुरी, सीसीटीभी फुटेज पनि बुझायो

एनसेलले प्रहरीमा दियो तोडफोड, आगजनी र डकैती सम्बन्धी उजुरी, सीसीटीभी फुटेज पनि बुझायो


काठमाडौं। प्रदर्शनको आडमा कार्यालयमा तोडफोड, आगजनी र डकैती भएको भन्दै निजी दूरसञ्चार कम्पनी एनसेलले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा औपचारिक उजुरी दर्ता गरेको छ। उजुरीमा कम्पनीले २४ भदौमा जेनजी प्रदर्शनको क्रममा लैनचौरस्थित ‘एनसेल आइकन’ कार्यालयमा संगठित ढंगले अपराधिक गतिविधि भएको दाबी गरेको छ।

कम्पनीले प्रहरीलाई घटनाको विस्तृत विवरणसहित क्षतिको मूल्यांकन प्रतिवेदन तयार पार्ने प्रक्रियामा रहेको जानकारी दिँदै, सीसीटीभी फुटेजसमेत उपलब्ध गराएको छ। उजुरीअनुसार, प्रदर्शनका नाममा उपस्थित केही समूहले कार्यालयमा कार्यरत सुरक्षाकर्मीलाई धम्क्याएर कोठामा थुने, र त्यसपछि कार्यालयको सामान, कागजात, विद्युतीय उपकरण र सवारीसाधनमा आक्रमण गरेका थिए।

उजुरीमा उल्लेख भएअनुसार:

  • ग्राहक सेवा केन्द्र, रिसेप्सन र सबै तल्लाका कोठाहरूमा तोडफोड र आगजनी गरिएको,
  • कम्पनीको कम्प्युटर, प्रिन्टर, टेलिभिजन, फ्रिज, कफी मेसिन लगायत महँगा उपकरण डकैती गरी लगिएको,
  • सक्कल कागजात, अनुमतिपत्र, प्रमाणपूर्जा, नगद तथा सेफहरू लुटिएको,
  • कर्मचारीका लकर फोडी व्यक्तिगत सामान र गहना चोरेको,
  • मोटरगाडीहरू जलाइएको, केही बाहिर सडकमा निकालेर आगजनी गरिएको,

जस्ता क्रियाकलापमा संलग्न अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ।

संगठित अपराधिक कार्यको आरोप

एनसेलले उजुरीमा यो हमला योजनाबद्ध र संगठित अपराधिक समूहद्वारा गरिएको उल्लेख गर्दै, यो घटना आन्दोलनको नाममा लुकाइएका अपराधिक गतिविधिको उदाहरण भएको दाबी गरेको छ।

प्रहरी अनुसन्धानमा सक्रिय

प्रहरी स्रोतका अनुसार, एनसेलले बुझाएको सीसीटीभी फुटेजको विश्लेषण सुरु गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्न फुटेज, प्रत्यक्षदर्शी र अन्य स्रोतहरूमार्फत अनुसन्धान जारी छ।

कम्पनीले माग्यो क्षतिपूर्ति र कारबाही

एनसेलले उजुरीमा माग गरेको छ कि:

  • संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याई हदसम्मको सजाय दिइयोस्,
  • डकैती, आगजनी र तोडफोडबाट भएको आर्थिक नोक्सानीको क्षतिपूर्ति दिलाइयोस्,
  • लुटिएको सामान फिर्ता गराउने प्रक्रिया अघि बढाइयोस्।

कम्पनीले हाल क्षतिको यकिन विवरण संकलन गर्ने काम जारी रहेको जानकारी पनि दिएको छ।

प्रकाशित मिति : २०८२, ३० भाद्र सोमबार  ६ : २१ बजे

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन मंसिर २७

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी