२०८३, ३१ भाद्र बिहीबार

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको टुंगो, भोलि शपथ

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको टुंगो, भोलि शपथ


काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ। प्रारम्भिक चरणमा तीन मन्त्रीको नाम टुंगो लागेको छ भने उनीहरूले भोलि बिहान शपथ ग्रहण गर्नेछन्।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, रामेश्वर खनाललाई अर्थ मन्त्रालय, ओमप्रकाश अर्याललाई गृहमन्त्रालय (साथै कानुन मन्त्रालयको समेत जिम्मेवारी) र कुलमान घिसिङलाई ऊर्जा मन्त्रालय दिइने भएको छ। स्रोतले भने अनुसार, “यो प्रारम्भिक सूची हो। उहाँहरूले पाउने मन्त्रालय थपिन पनि सक्छन्। उहाँहरूको पत्र बनिसकेको छ। शपथ भोलि बिहान हुनेछ।”

यो नियुक्ति प्रधानमन्त्री कार्कीको सरकारलाई प्रभावकारी बनाउन गरिएको प्रथम मन्त्रिपरिषद् विस्तार हो। सुशासन, प्रशासनिक दक्षता र ऊर्जा क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर अनुभवी तथा प्राविधिक क्षमता भएका व्यक्तिहरूलाई मन्त्री बनाउने तयारी भएको जनाइएको छ।

रामेश्वर खनाल पूर्व प्रमुख सचिव तथा अनुभवी आर्थिक विज्ञ हुन्। ओमप्रकाश अर्याल पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) हुन् भने कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकको रूपमा लोडसेडिङ अन्त्य गर्ने अभियानका लागि चर्चित छन्। राजनीतिक भागबण्डाभन्दा बाहिर रहेर विषयगत दक्षता भएका व्यक्तिहरूलाई मन्त्रीमा नियुक्त गर्ने प्रधानमन्त्री कार्कीको प्रयासलाई गुणस्तरीय नेतृत्व चयनतर्फको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  १० : ४८ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक