२०८३, ९ आश्विन शनिबार

सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा विवाद र कुटाकुट

सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा विवाद र कुटाकुट


काठमाडौं । जेनजीसँग सम्बन्धित विवाद र समसामयिक राजनीतिक विषयमा ‘हामी नेपाली’ संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा विवाद र कुटाकुट भएको छ। रिपोटर्स क्लबमा आयोजित उक्त कार्यक्रममा संस्थाका प्रतिनिधि सुदन गुरूङले धारणा राख्ने क्रममा परिस्थिती तनावग्रस्त बन्दै गएको हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सुदन गुरूङले मृतक परिवारसँगको भेटघाट र परिवर्तनको आवश्यकता विषयमा मन्तव्य दिइरहेका बेला एक अज्ञात व्यक्तिले तीव्र आलोचनात्मक प्रश्न गरेपछि माहोल बिग्रिएको हो। ती व्यक्तिले सोधे, “५१ जना मान्छे मारेर ल्याएको परिवर्तन के यही ६ महिनाको अन्तरिम सरकारका लागि हो?” भन्ने प्रश्नसँगै प्रत्यक्ष कार्यकारी प्रणाली, सदन विघटन, र राजनीतिक नेतृत्वप्रति प्रश्न उठाएका थिए।

गुरूङले उक्त प्रश्नलाई प्रतिवाद गर्दै भने, “हामी फेरि आन्दोलन गर्छौं, नेताहरूलाई घरबाट निस्कन दिन्नौं।” उनले थपे, “मैले मान्छे मारेको होइन नि त।” विवाद उत्कर्षमा पुगेसँगै गुरूङले चिच्याउँदै भने, “८० वर्षको इतिहासमा यस्तो परिवर्तन भएको हो, आगलागी हामीले सुरु गरेका होइनौं, तर अन्त्य गरिदिएका हौं।” यस्तै भनाइसँगै पत्रकार सम्मेलन हंगामामय अवस्थामा परिणत भयो र सुदन पोडियमबाट बाहिरिए।

कार्यक्रममा सुरक्षा व्यवस्था पर्याप्त नभएको देखिएको थियो, जसका कारण विवाद नियन्त्रण बाहिर गएको हो। उपस्थित पत्रकार, सहभागीहरू र आयोजकबीच हुलदंगा नजिकको अवस्था सृजना भयो। सुदनले आफ्नो पहिचानका विषयमा स्पष्ट पार्दै भने, “म नेपालको छोरा हुँ, मलाई भारतीय भन्ने कार्य नगर्नुहोस् ।” उनले विभिन्न मिडिया र व्यक्तिहरूले आफ्नो छविमा अनावश्यक आक्रमण गरेकोप्रति आक्रोश व्यक्त गरे ।

उनको भनाइमा उनले आफ्नो देशप्रतिको निष्ठा स्पष्ट पार्ने प्रयास गरेका थिए, “म एउटामात्रै झण्डामुनि छु, त्यो मेरो देश नेपालको झण्डा हो।” यो घटनाले नेपालमा भइरहेको राजनीतिक अस्थिरता र जनस्तरको असन्तुष्टिको प्रतिबिम्ब देखाएको विश्लेषण गरिएको छ। कार्यक्रम आयोजकले भने सुरक्षा प्रबन्ध कडा पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  १० : ३२ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा