२०८२, ६ माघ मंगलबार

रास्वपामा विद्रोह : सुमना श्रेष्ठद्वारा रास्वपाको परित्याग

रास्वपामा विद्रोह : सुमना श्रेष्ठद्वारा रास्वपाको परित्याग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तथा पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले पार्टी छोडेको घोषणा गरेकी हुन् ।

श्रेष्ठले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै लेखेकी छन्, “मैले पार्टी छोडेँ। अब खुला रूपमा आक्रमण गर्ने हो भने सजिलो बनाइदिएको छु ।” उनले रास्वपा नेतृत्वमा व्यक्तिपूजाको प्रवृत्ति बढेको, आलोचना गर्नेलाई मिडिया ट्रायल गरिएको र गल्ती स्वीकार्ने संस्कार नभएको आरोप लगाएकी छन्।श्रेष्ठ सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी प्रकरणमा पार्टीले देखाएको संस्थागत समर्थनप्रति पनि असहमति जनाउँदै आएकी थिइन्। उनको सांसद पदबारे अब निर्वाचन आयोगको निर्णय प्रतीक्षित छ।

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  ३ : २७ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित