२०८३, ९ भाद्र बुधबार

रास्वपामा विद्रोह : सुमना श्रेष्ठद्वारा रास्वपाको परित्याग

रास्वपामा विद्रोह : सुमना श्रेष्ठद्वारा रास्वपाको परित्याग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तथा पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले पार्टी छोडेको घोषणा गरेकी हुन् ।

श्रेष्ठले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै लेखेकी छन्, “मैले पार्टी छोडेँ। अब खुला रूपमा आक्रमण गर्ने हो भने सजिलो बनाइदिएको छु ।” उनले रास्वपा नेतृत्वमा व्यक्तिपूजाको प्रवृत्ति बढेको, आलोचना गर्नेलाई मिडिया ट्रायल गरिएको र गल्ती स्वीकार्ने संस्कार नभएको आरोप लगाएकी छन्।श्रेष्ठ सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी प्रकरणमा पार्टीले देखाएको संस्थागत समर्थनप्रति पनि असहमति जनाउँदै आएकी थिइन्। उनको सांसद पदबारे अब निर्वाचन आयोगको निर्णय प्रतीक्षित छ।

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  ३ : २७ बजे

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो, उद्धारका लागि तीन हेलिकप्टर परिचालन

काठमाडौं । रसुवाबाट प्रवेश गरेको ठूलो बाढी धादिङको गल्छीसम्म आइपुगेको

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई