२०८२, ६ माघ मंगलबार

जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको सरकारद्वारा औपचारिक जानकारी

जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको सरकारद्वारा औपचारिक जानकारी


काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा देशभर ७२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । आज प्रधानमन्त्रीले पदभार ग्रहण गर्ने क्रममा प्रधानमन्त्री कार्यालयद्वारा जारी गरिएको विवरणअनुसार आन्दोलनको क्रममा ठूलो मानवीय क्षति भएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार, आन्दोलनको क्रममा ५९ जना आन्दोलनकारी शहीद भएका छन् । यस्तै, ३ जना सुरक्षाकर्मी (प्रहरी) को ज्यान गएको छ । साथै, कारागारबाट भाग्न खोज्ने क्रममा १० जना कैदी मारिएको जानकारी पनि औपचारिक रूपमा दिइएको छ ।

घटनामा १३४ जना प्रदर्शनकारी घाइते भएका छन् र हाल विभिन्न अस्पतालमा उपचाररत छन् । ५७ जना प्रहरी कर्मचारी पनि घाइते भई उपचार लिइरहेका छन् । सरकारले घटनाका सबै विवरण संकलन गरी यथासक्य चाँडो न्यायिक छानबिन थाल्ने जनाएको छ । साथै, शहीदका परिवारलाई राहत, उपचार खर्च तथा आवश्यक सहायताबारे निर्णय गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

जेनजी आन्दोलन केही हप्तादेखि देशभर फैलिरहेको छ, जसको माग, नेतृत्व र दायरा अझै स्पष्ट रूपमा परिभाषित हुन बाँकी छ। यद्यपि, आन्दोलनले राष्ट्रिय राजनीति, सुरक्षास्थिति र नागरिक जीवनमा गम्भीर प्रभाव पारेको छ ।

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  २ : ५४ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित