२०८३, ९ भाद्र बुधबार

जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको सरकारद्वारा औपचारिक जानकारी

जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको सरकारद्वारा औपचारिक जानकारी


काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा देशभर ७२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । आज प्रधानमन्त्रीले पदभार ग्रहण गर्ने क्रममा प्रधानमन्त्री कार्यालयद्वारा जारी गरिएको विवरणअनुसार आन्दोलनको क्रममा ठूलो मानवीय क्षति भएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार, आन्दोलनको क्रममा ५९ जना आन्दोलनकारी शहीद भएका छन् । यस्तै, ३ जना सुरक्षाकर्मी (प्रहरी) को ज्यान गएको छ । साथै, कारागारबाट भाग्न खोज्ने क्रममा १० जना कैदी मारिएको जानकारी पनि औपचारिक रूपमा दिइएको छ ।

घटनामा १३४ जना प्रदर्शनकारी घाइते भएका छन् र हाल विभिन्न अस्पतालमा उपचाररत छन् । ५७ जना प्रहरी कर्मचारी पनि घाइते भई उपचार लिइरहेका छन् । सरकारले घटनाका सबै विवरण संकलन गरी यथासक्य चाँडो न्यायिक छानबिन थाल्ने जनाएको छ । साथै, शहीदका परिवारलाई राहत, उपचार खर्च तथा आवश्यक सहायताबारे निर्णय गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

जेनजी आन्दोलन केही हप्तादेखि देशभर फैलिरहेको छ, जसको माग, नेतृत्व र दायरा अझै स्पष्ट रूपमा परिभाषित हुन बाँकी छ। यद्यपि, आन्दोलनले राष्ट्रिय राजनीति, सुरक्षास्थिति र नागरिक जीवनमा गम्भीर प्रभाव पारेको छ ।

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  २ : ५४ बजे

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा