२०८२, १५ पुस मंगलबार

राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश

राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस–२०८२ को अवसरमा शुभकामना सन्देश दिँदै बालबालिकाको हितलाई प्राथमिकतामा राख्दै समाज र राज्यले सचेततापूर्वक कार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

आइतबार जारी शुभकामना सन्देशमा उनले भने, “नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हक सुनिश्चित गरेको छ।” साथै, उनले बालबालिकासम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सबै सरोकारवाला निकायबीच एकीकृत र समन्वयात्मक भूमिका आवश्यक रहेको उल्लेख गरे।

राष्ट्रपतिले बालबालिकाको भविष्य सुनिश्चित गर्न सृजनात्मक, व्यावहारिक, निःशुल्क र गुणस्तरीय शिक्षा, पोषणयुक्त आहार, सुरक्षित खानेपानी, सरसफाइ, आवश्यक खोप, बालमैत्री स्वास्थ्य सेवा र नीतिगत तथा कानुनी प्रबन्ध गर्न आग्रह गरेका छन्।

उनले राष्ट्रिय बाल दिवसले समाज र राज्यलाई बालहितका सवालमा अझ सचेत र जिम्मेवार बन्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  १० : ३१ बजे

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवबीच मंगलबार

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा छिमेकी

चुनावमा कांग्रेस-एमाले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्छन् : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले मुलुक संकटमा