२०८३, ९ भाद्र बुधबार

राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश

राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस–२०८२ को अवसरमा शुभकामना सन्देश दिँदै बालबालिकाको हितलाई प्राथमिकतामा राख्दै समाज र राज्यले सचेततापूर्वक कार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

आइतबार जारी शुभकामना सन्देशमा उनले भने, “नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हक सुनिश्चित गरेको छ।” साथै, उनले बालबालिकासम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सबै सरोकारवाला निकायबीच एकीकृत र समन्वयात्मक भूमिका आवश्यक रहेको उल्लेख गरे।

राष्ट्रपतिले बालबालिकाको भविष्य सुनिश्चित गर्न सृजनात्मक, व्यावहारिक, निःशुल्क र गुणस्तरीय शिक्षा, पोषणयुक्त आहार, सुरक्षित खानेपानी, सरसफाइ, आवश्यक खोप, बालमैत्री स्वास्थ्य सेवा र नीतिगत तथा कानुनी प्रबन्ध गर्न आग्रह गरेका छन्।

उनले राष्ट्रिय बाल दिवसले समाज र राज्यलाई बालहितका सवालमा अझ सचेत र जिम्मेवार बन्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  १० : ३१ बजे

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो, उद्धारका लागि तीन हेलिकप्टर परिचालन

काठमाडौं । रसुवाबाट प्रवेश गरेको ठूलो बाढी धादिङको गल्छीसम्म आइपुगेको

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई