२०८२, ८ कार्तिक शुक्रबार

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

१८ जनाको भने आगलागी र करेन्ट लागेर मृत्यु


काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुगेको छ। आन्दोलनमा घाइते भएकामध्ये थप चार जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या बढेको नेपाल प्रहरीले जनाएको हो।

नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार मृतकमध्ये जेनजी पक्षका २१ जना, कैदी ९ जना, नेपाल प्रहरीका सहायक निरीक्षकसहित ३ जना र एक जना भारतीय नागरिक रहेका छन्।

आन्दोलनका क्रममा १८ जनाको भने आगलागी र करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

हाल पनि केही घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  ९ : ३८ बजे

चर्चित गायिका नितु पौडेलको मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेकी चर्चित गायिका नितु पौडेलको मृत्यु

मिथिलामा छठ पर्वको तयारी सुरु, उत्सवमय वातावरण

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक फैलिएको

बिपीराजमार्गमा मोटरसाइकल दुर्घटना: लोबसाङ होइदेनको मृत्यु

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, तल्लो बरामामा आज बिहान मोटरसाइकल

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले