२०८२, ६ माघ मंगलबार

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश


काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका रवि लामिछाने शनिबार साँझ ललितपुरस्थित नख्खु कारागार पुगेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले लामिछानेलाई कारागारमा भर्ना गरिएको पुष्टि गर्दै आवश्यक कागजी प्रक्रिया अघि बढाइएको जानकारी दिए । “सुरक्षाका विषयमा समेत हामीले सम्बन्धित निकायसँग पत्राचार गरेका छौं,” उनले बताए ।
२४ गते आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नख्खु कारागार अगाडि प्रदर्शन गरेका थिए । सोही दिन रवि लामिछाने भागेका थिए ।

रवि कारागारबाट बाहिरिएलगत्तै भित्र रहेका कैदीबन्दीहरूले आगजनी गरेका थिए । उक्त घटनापछि केही कैदीबन्दीहरू फरार भएका थिए । यस्तै, नख्खु घटनापछि अन्य थुनुवा केन्द्र र कारागारहरूबाट पनि कैदीहरू फरार हुने क्रम बढेको छ। अहिले देशभर करिब १० हजारभन्दा बढी कैदीबन्दी फरार रहेको अनुमान गरिएको छ ।

कारागार विभाग र प्रहरी प्रशासनले कैदीबन्दीहरूलाई स्वेच्छिक रूपमा फर्कन आह्वान गर्दै आएको छ। साथै, पक्राउ गरी पुनः कारागार चलान गर्ने कार्य पनि तीव्र गतिमा अघि बढाइएको छ। नख्खु कारागारले पनि शुक्रबार सार्वजनिक सूचना जारी गर्दै फरार कैदीहरूलाई आत्मसमर्पण गर्न आग्रह गरेको थियो।

प्रकाशित मिति : २०८२, २८ भाद्र शनिबार  १० : ११ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित