२०८२, १९ मंसिर शुक्रबार

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या


कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा सहन नसकी आत्महत्या गरेका छन्।

उनले आत्महत्या गर्नु अघि सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै आफूलाई “जेनजी” भन्दै नाङ्गो पारेर कुटपिट गरिएको गम्भीर आरोप लगाएका थिए। धानुकले फेसबुक लाइभमा आँशुसहित अन्तिम सन्देश दिँदै भनेका थिए, “मलाई सोसल अत्याचार भयो। म मर्दै छु। सोसल अत्याचारकै कारण म फाँसी दिन गइरहेको छु।

कांग्रेसको व्यक्तिले मलाई कुटपिट गर्‍यो। मलाई नाङ्गै बनाएर दौडायो गाइज।” घटनाको भिडियो फेसबुकमा भाइरल भइरहेका बेला उनको मृत्युको खबरले स्थानीय क्षेत्र त्रसित बनेको छ। स्थानीय बासिन्दा र उनका आफन्तले यो घटना योजनाबद्ध अपमान र मानसिक यातनाको परिणाम भएको दाबी गरेका छन्।

प्रकाशित मिति : २०८२, २८ भाद्र शनिबार  ३ : ०१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको