२०८३, १९ आश्विन मंगलबार

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै


काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी आवागमन शनिबारदेखि पुनः सामान्य बन्दै गएको छ।

शुक्रबार केही गाडी सीमित रूपमा चले पनि शनिबार बिहानैदेखि सार्वजनिक बस, ट्याक्सी लगायतका सवारी साधन बाक्लो संख्यामा सञ्चालनमा आएका छन्। चितवनबाट पनि काठमाडौंका लागि बसहरू छुटेका छन् । जेनजी आन्दोलन अन्तर्गत भएको प्रदर्शनका कारण मंगलबारदेखि उपत्यकाभर सवारी ठप्प भएको थियो। सुरक्षाको कारण सेनाले कर्फ्युसमेत लगाएको थियो। शनिबार बिहान कर्फ्यु हटाइएसँगै जनजीवन सहज बन्दै गएको हो ।

पसलहरू क्रमशः खुल्न थालेका छन् भने प्रदर्शनका क्रममा क्षति पुगेका पसलहरूमा सरसफाइको काम सुरु गरिएको छ। सुरक्षाको लागि तैनाथ गरिएको नेपाली सेना शनिबार बिहानदेखि सडकबाट फिर्ता भइसकेको छ ।

प्रकाशित मिति : २०८२, २८ भाद्र शनिबार  १० : ३९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि