२०८२, १९ मंसिर शुक्रबार

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसको प्रभावस्वरूप आज शनिबार देशभर सामान्यतया बदली रहनेछ।

महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागका केही र तराई क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।

त्यस्तै, आज राति पनि देशभर सामान्य बदली रहनेछ। रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य पहाडी र तराई क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

भारी वर्षाका कारण नदीमा पानीको सतह बढ्न, पहिरोको सम्भावना वा यातायात अवरोध हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८२, २८ भाद्र शनिबार  ८ : ४८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको