२०८३, १९ आश्विन मंगलबार

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी


काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका जेनजी (Gen Z) पुस्ताका युवाहरूले आज बिहान टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन्।

स्रोतका अनुसार, मंगलबार बिहानैदेखि आक्रोशित भीडले कार्यालयको बाहिरी भागमा पेट्रोल छर्की आगो लगाएको हो। आगलागीका कारण भवनमा व्यापक क्षति पुगेको छ भने प्रशासनले क्षतिको यकिन विवरण सङ्कलन गरिरहेको छ।

यसअघि सोमबार सुरु भएको प्रदर्शन क्रमशः हिंसात्मक बन्दै गएको छ। सिंहदरबार, सर्वोच्च अदालत, प्रमुख नेताहरूका निवास र विभिन्न सरकारी कार्यालयहरूमा समेत तोडफोड र आगजनी गरिएको पुष्टि भएको छ।

दुई दिनको प्रदर्शनमा अहिलेसम्म २१ जनाको मृत्यु भइसकेको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। दर्जनौं प्रहरी र सुरक्षाकर्मीसमेत घाइते भएका छन्।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  ७ : २२ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि