२०८२, ८ कार्तिक शुक्रबार

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल


काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा ल्याउन सुरक्षाका उच्च अधिकारीहरूले संयमता अपनाउन अपिल गरेका छन्।

मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले संयुक्त अपिल जारी गर्दै सबैलाई संयमित भई राजनीतिक संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन्।

वक्तव्यमा भनिएको छ, “विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन सबै नागरिकलाई संयमता अपनाउन र सम्बद्ध पक्षलाई वार्ताबाट समाधान निकाल्न अपिल गर्दछौं ।”

यसअघि राजधानीको सिंहदरबार, सर्वोच्च अदालत र विशेष अदालतमा Gen Z प्रदर्शनकारीद्वारा आगजनी र तोडफोड भएको थियो।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  ३ : ४८ बजे

चर्चित गायिका नितु पौडेलको मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेकी चर्चित गायिका नितु पौडेलको मृत्यु

मिथिलामा छठ पर्वको तयारी सुरु, उत्सवमय वातावरण

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक फैलिएको

बिपीराजमार्गमा मोटरसाइकल दुर्घटना: लोबसाङ होइदेनको मृत्यु

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, तल्लो बरामामा आज बिहान मोटरसाइकल

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले