२०८२, २३ फाल्गुन आईतबार

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा


काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो पदबाट आजैका मितिदेखि लागू हुने गरी राजीनामाको घोषणा गरेका हुन् ।

उनको सचिवालयले दिएको जानकारी अनुसार, जेनजी (जनता-न्याय गठबन्धन) को आव्हानमा देशभर चर्किएको आन्दोलनको स्थितिलाई ध्यानमा राख्दै ओलीले संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्रीको पदबाट अलग हुने निर्णय गरेका हुन् ।

प्रधानमन्त्रीको राजीनामा राष्ट्रपति समक्ष बुझाइएको शीतल निवासले पुष्टि गरेको छ। राजीनामा पत्रमा प्रधानमन्त्री ओलीले लेखेका छन्: “मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै, संविधान सम्मत राजनीतिक निकासका लागि र समस्या समाधानको थप पहलको आवश्यकता महसुस गरी संविधानको धारा ७७ (१)(क) बमोजिम आजैका मितिदेखि लागू हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु।”

विगत केही सातादेखि जारी आन्दोलन क्रमशः हिंसात्मक बन्दै गएका थिए। विभिन्न स्थानमा सरकारी सम्पत्ति तोडफोड, प्रशासनसँग झडप र जनधनको क्षति भएपछि राजनीतिक नेतृत्वमाथि चर्को दबाब बढेको थियो । विश्लेषकहरूका अनुसार प्रधानमन्त्रीको राजीनामाले नयाँ राजनीतिक समीकरणको ढोका खोल्नेछ। अब राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ बमोजिम नयाँ सरकार गठनका लागि पहल गर्नेछ ।

राजीनामा पछि देशको राजनीतिक अवस्था थप जटिल बन्ने संकेत देखिँदैछ। सत्ता गठबन्धनहरूबीच नयाँ सहमति बन्ने वा प्रतिनिधिसभा विघटनको सम्भावनाबारे चासो बढेको छ ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  ३ : ०७ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै