२०८३, ९ भाद्र बुधबार

एमाले मुख्यालय च्यासलमा तोडफोड र आगजनी

एमाले मुख्यालय च्यासलमा तोडफोड र आगजनी


काठमाडौं । देशभर फैलिएको जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन राजधानी लगायत विभिन्न सहरहरूमा प्रदर्शन, तोडफोड र आगजनीका घटनाहरू चर्किंदै गएका छन् । आन्दोलनकारीहरूको मुख्य निशाना राजनीतिक दलहरूका शीर्ष नेताहरू, मन्त्रीहरू र तिनका कार्यालयहरू बनेका छन् ।

आज दिउँसो ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा प्रदर्शनकारीहरूले तोडफोड तथा आगजनी गरेका छन् । आन्दोलनकारीहरूको भीडले कार्यालयको गेट, साइनबोर्ड, र भवनको केही भागमा क्षति पुर्‍याएको छ । कार्यालय परिसरभित्र पार्क गरिएका केही गाडीहरूमा समेत आगजनी गरिएको प्रारम्भिक जानकारी छ ।

सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिन प्रयास गरे पनि भीड अत्यन्त आक्रोशित भएकाले तनावपूर्ण अवस्था सिर्जना भएको थियो । केही समयको झडपपछि प्रहरीले अश्रुग्यास प्रयोग गरी भीड तितरबितर गरेको थियो ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  १२ : ५१ बजे

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा