२०८२, १९ मंसिर शुक्रबार

काठमाडौं चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू जारी

काठमाडौं चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू जारी


काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले आज बिहान साढे ८ बजेपछि काठमाडौंको चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार, बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्म पर्ने सम्पूर्ण क्षेत्र कर्फ्यूको दायरामा राखिएको छ । सोमबार जेनजीले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि थप तनाव नफैलियोस् भनी प्रशासनले कडा कदम चाल्दै कर्फ्यू आदेश जारी गरेको बताइएको छ ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यू पालना गर्न र सुरक्षा निकायसँग सहकार्य गर्न आग्रह गरेको छ। यता, जेनजीले भने आफ्नो आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण रूपमा निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  ९ : ०७ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको