२०८३, १९ आश्विन मंगलबार

संसद भवन अगाडि बिहानैदेखि युवाहरु भेला

संसद भवन अगाडि बिहानैदेखि युवाहरु भेला


काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि युवाहरु बिहानैदेखि भेला हुन थालेका छन्। सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि युवाहरुले मंगलबार पनि प्रदर्शन गर्ने संकेत देखाएका छन् ।

तर जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले बिहान साढे ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिसकेका छन्। सुरक्षा व्यवस्था कडा पारिएको छ । उता जेनजीले भने आफ्नो आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण रहने तथा निरन्तरता दिने बताएका छन् । उनीहरु भ्रष्टाचार, कुशासन र रोजगारी अभावको विरोधमा आवाज उठाइरहेका छन् ।

प्रहरी र प्रदर्शनकारीबीचको तनावका कारण सोमबार गोली चल्दा धेरै घाइते भएका छन् भने मृत्युको खबरले युवाहरुमा आक्रोश थपिएको छ । सरकार र प्रशासनलाई आन्दोलनको समाधान शान्तिपूर्ण तरिकाले गर्न दबाव बढेको छ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  ८ : ४८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि