२०८२, १९ मंसिर शुक्रबार

संसद भवन अगाडि बिहानैदेखि युवाहरु भेला

संसद भवन अगाडि बिहानैदेखि युवाहरु भेला


काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि युवाहरु बिहानैदेखि भेला हुन थालेका छन्। सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि युवाहरुले मंगलबार पनि प्रदर्शन गर्ने संकेत देखाएका छन् ।

तर जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले बिहान साढे ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिसकेका छन्। सुरक्षा व्यवस्था कडा पारिएको छ । उता जेनजीले भने आफ्नो आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण रहने तथा निरन्तरता दिने बताएका छन् । उनीहरु भ्रष्टाचार, कुशासन र रोजगारी अभावको विरोधमा आवाज उठाइरहेका छन् ।

प्रहरी र प्रदर्शनकारीबीचको तनावका कारण सोमबार गोली चल्दा धेरै घाइते भएका छन् भने मृत्युको खबरले युवाहरुमा आक्रोश थपिएको छ । सरकार र प्रशासनलाई आन्दोलनको समाधान शान्तिपूर्ण तरिकाले गर्न दबाव बढेको छ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  ८ : ४८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको