२०८३, ११ श्रावण मंगलबार

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा


काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पेश गरेका छन् । प्रधानमन्त्रीको सचिवालयमा आयोजित मन्त्रिपरिषद् बैठक सकिएलगत्तै उनले पदबाट मुक्त हुने घोषणा गरेका हुन् ।

आज राजधानी काठमाडौं र देशका मुख्य सहरहरूमा जेनजी पुस्ताका युवाहरूले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए । ती प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको दुखद समाचार आएको छ । पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गृहमन्त्री लेखकलाई सोमबार साँझ बूढानीलकण्ठमा बसेको पार्टी बैठकमा राजीनामा दिन आग्रह गरेका थिए । सो बैठकमा गृहमन्त्री लेखकले आफूलाई आजको घटनाबाट गहिरो दुःख लागेको र नैतिकताका आधारमा पदबाट राजीनामा दिने निर्णय गरेको जनाएका थिए ।

राजीनामा दिने संकेत दिँदै कांग्रेस बैठकबाट निस्किएका लेखक त्यसपछि बालुवाटार पुगेका थिए । उनका निर्णयलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेका छन् । देशमा जारी सामाजिक आन्दोलन र पछिल्ला घटनाक्रमले राजनीतिक स्थिरतामा थप प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ८ : २३ बजे

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, हजारौं बिरामी प्रभावित

काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश

सिरहामा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

जनकपुरधाम ।   सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा