२०८३, १४ कार्तिक शनिबार

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा


काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पेश गरेका छन् । प्रधानमन्त्रीको सचिवालयमा आयोजित मन्त्रिपरिषद् बैठक सकिएलगत्तै उनले पदबाट मुक्त हुने घोषणा गरेका हुन् ।

आज राजधानी काठमाडौं र देशका मुख्य सहरहरूमा जेनजी पुस्ताका युवाहरूले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए । ती प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको दुखद समाचार आएको छ । पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गृहमन्त्री लेखकलाई सोमबार साँझ बूढानीलकण्ठमा बसेको पार्टी बैठकमा राजीनामा दिन आग्रह गरेका थिए । सो बैठकमा गृहमन्त्री लेखकले आफूलाई आजको घटनाबाट गहिरो दुःख लागेको र नैतिकताका आधारमा पदबाट राजीनामा दिने निर्णय गरेको जनाएका थिए ।

राजीनामा दिने संकेत दिँदै कांग्रेस बैठकबाट निस्किएका लेखक त्यसपछि बालुवाटार पुगेका थिए । उनका निर्णयलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेका छन् । देशमा जारी सामाजिक आन्दोलन र पछिल्ला घटनाक्रमले राजनीतिक स्थिरतामा थप प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ८ : २३ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित