२०८३, १२ असार शनिबार

काठमाडौंमा जेन जी आन्दोलनमा प्रहरीको गोली लागेर ८ जनाको मृत्यु

काठमाडौंमा जेन जी आन्दोलनमा प्रहरीको गोली लागेर ८ जनाको मृत्यु


काठमाडौं । जेन जी आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ८ पुगेको छ। आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोलीबाट प्रदर्शनकारीहरूको ज्यान गएको हो ।

प्राप्त जानकारीअनुसार, राष्ट्रिय ट्रमा सेन्टरमा ५ जना, सिभिल अस्पतालमा २ जना, र एक जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार मृतकहरूको मुचुल्का उठाउन प्रहरी वृत्त जनसेवाबाट टोली खटिएको छ । मृतकको पहिचान खुलाउने काम जारी छ ।

यसबीच, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सार्वजनिक सम्पत्ति तोडफोड भएमा रबरको गोली चलाउन आदेश दिएको खुलेको छ। तर आजको घटनामा प्रहार गरिएको गोली रबरको हो वा प्राणघातक, भन्नेबारेमा अझै स्पष्ट जानकारी आएको छैन । सार्वजनिक स्थानहरूमा अझै पनि तनावपूर्ण अवस्था कायम रहेको छ भने प्रदर्शनकारीहरू र सुरक्षाकर्मीहरूबीच झडप जारी छ ।

सरकारसँग आन्दोलनकारी पक्षले घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ३ : ५३ बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि