२०८२, १९ मंसिर शुक्रबार

सार्वजनिक सम्पत्ति संरक्षणमा गोली चलाउन काठमाडौं सीडीओको कडा आदेश

सार्वजनिक सम्पत्ति संरक्षणमा गोली चलाउन काठमाडौं सीडीओको कडा आदेश

सार्वजनिक सम्पत्ति तोडफोड भएमा गोली चलाउन आदेश


काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सार्वजनिक सम्पत्ति संरक्षणका लागि सुरक्षाकर्मीहरूलाई आवश्यक परेमा रबरको गोली चलाउन आदेश दिएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सार्वजनिक सम्पत्ति संरक्षणका लागि सुरक्षाकर्मीहरूलाई आवश्यक परेमा रबरको गोली चलाउन आदेश दिएका छन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालका अनुसार, ‘प्रमुख जिल्ला अधिकारीज्यूले सार्वजनिक सम्पत्ति संरक्षणका लागि आवश्यक परेमा बल प्रयोग गर्ने आदेश दिनुभएको छ। सार्वजनिक सम्पत्तिमाथि आक्रमण भएमा सुरक्षाकर्मीहरूले चेतावनी दिएर सामान्य बल प्रयोग गरे पनि गोली चलाउन पाउने अनुमति भएको हो ।’

तर, सहायक प्रमुख जिल्ला अधिकारी रिजालले सोझै कुनै व्यक्तिमाथि गोली प्रहार गर्न आदेश नभएको र रबरको गोली मात्र प्रयोग गर्ने हदसम्म अनुमति दिइएको स्पष्ट पार्नुभयो । हालसम्म कति जनामाथि गोली प्रहार भएको वा कति घाइते भएका छन् भन्नेबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

यस आदेशले काठमाडौंमा जारी तनावपूर्ण परिस्थितिमा सुरक्षा र नियन्त्रण कायम गर्न उद्देश्य राखिएको भए पनि यसले पनि विवाद र प्रश्नहरू उठाउने सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ३ : ३० बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको