२०८२, २३ भाद्र सोमबार

प्रधानमन्त्री ओलीको कडा चेतावनी : ‘जेनजी’को नाममा समाज भड्काउन पाउँदैनौं

प्रधानमन्त्री ओलीको कडा चेतावनी : ‘जेनजी’को नाममा समाज भड्काउन पाउँदैनौं


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’ पुस्ताको नाममा समाजमा अशान्ति र भड्काऊ फैलाउने प्रयासलाई गम्भीर रूपमा नस्वीकार्ने चेतावनी दिनुभएको छ ।

एमालेको विधान महाधिवेशनमा प्रतिनिधिहरूका प्रश्नहरूको जवाफ दिने क्रममा ओलीले देशका लागि खतरा बन्न सक्ने यस्ता क्रियाकलापहरूलाई पार्टी र सरकारले दृढतापूर्वक सम्हाल्ने बताउनुभयो । ओलीले भने, “‘जेनजी’ को नाममा केही समूहले समाजलाई भड्काउन खोजेको छ, जुन पूर्ण रूपमा निन्दनीय र अस्वीकार्य छ । देशको कानून, संविधान र राष्ट्रिय स्वाभिमानमाथि कुठाराघात गर्नेहरूलाई कुनै पनि हालतमा सहनेछैनौं ।”

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा देखिएका अनियन्त्रित गतिविधिलाई नियन्त्रण गर्न एक वर्षसम्म समय दिइएको तर केहीले त्यसको दुरुपयोग गरेको टिप्पणी गर्दै भने, “स्वाधीनता र स्वाभिमानलाई लिएर सम्झौता हुँदैन। चार जना रोजगारी गुमाउनु सानो कुरा हो, तर देशको स्वाधीनता र सार्वभौमसत्ता हरण हुनु ठूलो अपराध हो ।”

ओलीले पार्टीको नीति अनुरूप असमानता र विभेद अन्त्य गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै भने, “देशमा अस्थिरता फैलाउन खोज्नेहरूलाई कडा जवाफ दिन पार्टी एकजुट छ ।”

प्रधानमन्त्री ओलीको यो कडा अभिव्यक्तिले आगामी दिनमा ‘जेनजी’ पुस्ता मार्फत हुने कुनै पनि असामाजिक क्रियाकलापमा सरकारले कडाइ गर्ने स्पष्ट सन्देश दिएको छ। साथै, राजनीतिक स्थिरता र शान्ति कायम राख्न सबै पक्षमा संयम र समझदारी अपनाउन जोड दिएको छ ।

प्रकाशित मिति : २०८२, २२ भाद्र आईतबार  ७ : ५६ बजे

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी

रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालयमा आगजनी

रुपन्देही । जेनजी पुस्ताका युवाहरूले सोमबार प्रदर्शनका क्रममा पूर्व गृहमन्त्री

पाथिभरा माताले हामी सबैकोा रक्षा गरुण

कविता हे पाथिभरा माता,तपाईंको पवित्र चरणमाहाम्रो मन सधैं समर्पित रहोस्।

इटहरीमा गोली चल्यो : दुई प्रदर्शनकारीको मृत्यु, एक सशस्त्र प्रहरी घाइते

विराटनगर । सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली

जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो

काठमाडौं । हिंसात्मक बनेको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १७