२०८३, ९ भाद्र बुधबार

एमालेमा नयाँ ऊर्जा, ओली नेतृत्वमा पार्टी एकतामा जोड

एमालेमा नयाँ ऊर्जा, ओली नेतृत्वमा पार्टी एकतामा जोड


काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनले पार्टीलाई नयाँ उर्जा र एकताको सन्देश दिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टीलाई थप सशक्त बनाउन महत्वपूर्ण निर्णयहरू गरेको छ ।

महाधिवेशनले विधान संशोधनमार्फत अध्यक्षमा लाग्ने ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाएको छ, जसले ओलीलाई पुनः नेतृत्व गर्न सक्ने वैधानिक बाटो खुलाएको छ। यसले पार्टीभित्र एकता र स्थिरता कायम राख्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ । सातै प्रदेशका अध्यक्ष तथा समूहगत नेताहरूले पार्टी एकतामाथि जोड दिँदै ओली नेतृत्वलाई निरन्तरताको पक्षमा प्रतिवेदन पेस गरेका छन् । सुदूरपश्चिमका कृष्णप्रसाद जैशीले नेतृत्वमा ओलीभन्दा उपयुक्त विकल्प नरहेको स्पष्ट पारेका छन् भने कर्णालीका गुलाबजंग शाहले पार्टीको नेतृत्व थप स्थापित गर्ने समय आएको बताएका छन् ।

लुम्बिनीका राधाकृष्ण कँडेलले नेपाली समाजवादको निर्माणका लागि पार्टी एकमत भएर अघि बढ्नुपर्ने बताए। गण्डकीका मीनप्रसाद गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पूरा गर्न स्पष्ट मार्गनिर्देशन भएको बताएका छन् । मधेसका चन्द्रेश्वर मण्डलले देश र पार्टीमाथि भइरहेको चुनौतीका बेला ओली नेतृत्वलाई अझ मजबुत बनाउन आवश्यक रहेको बताए भने कोशीका घनश्याम खतिवडाले विधान संशोधनलाई व्यापक समर्थन रहेको जानकारी दिए ।

महाधिवेशनबाट प्राप्त सुझाव र प्रतिवेदनलाई पार्टी नेतृत्वले सम्बोधन गर्दै आगामी दिनमा एमालेलाई समृद्ध र प्रगतिशील बनाउने दिशामा अग्रसर गराउने प्रतिबद्धता जनाएको छ । यो महाधिवेशनले एमालेभित्र नयाँ ऊर्जा थप्दै देशको राजनीतिक स्थिरता र विकासमा पनि योगदान पुर्‍याउने आशा गरिएको छ।

प्रकाशित मिति : २०८२, २२ भाद्र आईतबार  ७ : ४० बजे

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा