२०८२, २ कार्तिक शनिबार

सेजन अध्यक्षमा भागवत भट्टराई र महासचिवमा कमलकुमार बस्नेत निर्वाचित

सेजन अध्यक्षमा भागवत भट्टराई र महासचिवमा कमलकुमार बस्नेत निर्वाचित


काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं अधिवेशन तथा साधारणसभामा अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् । भट्टराईले अध्यक्ष पदका लागि ११० मत पाएका छन् भने उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९० र आशा थपलियाले ४१ मत पाएका छन् ।

महासचिवमा कमलकुमार बस्नेत निर्वाचित भएका छन्। बस्नेतले १३९ मत ल्याएका छन् भने अच्युत पुरीले १०४ मत पाएका छन् ।कोषाध्यक्षमा केशु लामिछाने १३३ मतसहित निर्वाचित भएकी छन्, उनको प्रतिस्पर्धी ममता थापाले १०८ मत पाएकी थिइन् ।

सेजनको उपाध्यक्षमा जीवन बस्नेत र सचिवमा शंकर पण्डित निर्विरोध निर्वाचित भएका छन् । सदस्य पदका लागि अर्जुन तामाङ (१४१ मत), कमल धिताल (१८५ मत), भोजराज भण्डारी (१४६ मत), राजु बास्कोटा (१५९ मत) र सिमा तामाङ (१६२ मत) निर्वाचित भएका छन् । नयाँ कार्यसमितिले आगामी कार्यकालका लागि जिम्मेवारी सम्हाल्नेछ ।

प्रकाशित मिति : २०८२, २२ भाद्र आईतबार  ८ : ४५ बजे

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन मंसिर २७

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी