२०८३, १९ आश्विन मंगलबार

निजामती दिवसमा प्रधानमन्त्री ओलीको सन्देश: “सेवा नागरिकसम्म, झन्झट असह्य”

निजामती दिवसमा प्रधानमन्त्री ओलीको सन्देश: “सेवा नागरिकसम्म, झन्झट असह्य”


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै नागरिकलाई झन्झट र दुःख दिने कार्य अब सह्य नहुने स्पष्ट पारेका छन् ।

उनले सामान्य कामका लागि अनावश्यक प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा तत्काल सुधार आवश्यक रहेको बताए। बदलिँदो प्रविधि र जनअपेक्षा अनुसार निजामती सेवाले आफूलाई रुपान्तरण गर्नुपर्ने उनले औँल्याए ।

प्रधानमन्त्री ओलीले सेवा नागरिकसम्म प्रवाह गर्न अब टेबल–कुर्सीको भरमा मात्र नभई प्रविधिको उपयोग अनिवार्य भएको उल्लेख गरे। उनले ‘सेवा खोज्न नागरिक नआउने, सेवा आफैं नागरिकसम्म पुग्ने’ प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।

सन्देशमा निजामती विधेयक संसदमा पारित हुने क्रममा रहेको र यसले संघीय प्रशासनलाई नयाँ उचाइ दिने उल्लेख छ । उनले राष्ट्रसेवक कर्मचारीहरूलाई उच्च मनोबलका साथ उत्तरदायी र पारदर्शी सेवा दिन आह्वान समेत गरेका छन् ।

प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न निजामती सेवाको भूमिका निर्णायक हुने बताएका छन् ।

प्रकाशित मिति : २०८२, २२ भाद्र आईतबार  ८ : २९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि