२०८३, १४ कार्तिक शनिबार

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन


ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ। उनी बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित गुरुङ विगत दुई सातादेखि अपार्टमेन्टमै उपचाररत थिइन्। उनका साथमा कान्छी छोरी थिइन्। उनी हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि घरमै आराम गर्दै आएकी थिइन् । गोलेले तामाङ सेलो, लोकदोहोरी, आधुनिक गीतसहित करिब ५ हजारभन्दा बढी गीतमा स्वर दिएकी छन्। उनले नेपाली सांगीतिक क्षेत्रमा मात्र होइन, तामाङ समुदायको सांस्कृतिक पहिचान र सम्पदाको संरक्षण र प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

नेपालको राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालमा स्वर परीक्षा पास गरेपछि उनले नेपाली संगीत क्षेत्रमा आफ्नो औपचारिक यात्रा सुरु गरेकी थिइन्। ‘चाँगुनारायण थान’, ‘जाइफूलको बासना’, ‘घर त छाउनीमा’, ‘सफा ट्याम्पुरी’, ‘गाङ ग्याब्से’, ‘होइ ताङ्बा’ लगायत उनका थुप्रै गीतहरू आज पनि स्रोता–दर्शकमाझ अत्यन्त लोकप्रिय छन् ।

इन्दिरा गोले तामाङ कलाकार समाजकी पूर्व अध्यक्षसमेत रहिएकी थिइन् । उनको उपचारका लागि तामाङ कलाकार संघ लगायत विभिन्न संघसंस्थाले आर्थिक संकलन अभियानसमेत सञ्चालन गरेका थिए। उनका श्रीमानको पहिल्यै निधन भइसकेको छ भने उनी दुई छोरीकी आमा थिइन् ।

गोलेले बाल्यकालदेखि नै संगीतमा रुचि राख्दै आएको बताइन्छ। जीवनभर तामाङ भाषा, संगीत र संस्कृति जगेर्नामा समर्पित रहेकी गायिका गोलेको पार्थिव शरीरलाई बौद्ध परम्पनाअनुसार अन्त्येष्टि गरिने तयारी गरिएको छ । उनको निधनले नेपाली संगीत क्षेत्रले एक प्रेरणादायी र अनुभवी स्वर गुमाएको छ ।

प्रकाशित मिति : २०८२, १८ भाद्र बुधबार  १० : २० बजे

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ २३ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं । देशभर आज वर्षाको सम्भावना रहेको छ। जल तथा