२०८३, १९ आश्विन मंगलबार

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन


ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ। उनी बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित गुरुङ विगत दुई सातादेखि अपार्टमेन्टमै उपचाररत थिइन्। उनका साथमा कान्छी छोरी थिइन्। उनी हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि घरमै आराम गर्दै आएकी थिइन् । गोलेले तामाङ सेलो, लोकदोहोरी, आधुनिक गीतसहित करिब ५ हजारभन्दा बढी गीतमा स्वर दिएकी छन्। उनले नेपाली सांगीतिक क्षेत्रमा मात्र होइन, तामाङ समुदायको सांस्कृतिक पहिचान र सम्पदाको संरक्षण र प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

नेपालको राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालमा स्वर परीक्षा पास गरेपछि उनले नेपाली संगीत क्षेत्रमा आफ्नो औपचारिक यात्रा सुरु गरेकी थिइन्। ‘चाँगुनारायण थान’, ‘जाइफूलको बासना’, ‘घर त छाउनीमा’, ‘सफा ट्याम्पुरी’, ‘गाङ ग्याब्से’, ‘होइ ताङ्बा’ लगायत उनका थुप्रै गीतहरू आज पनि स्रोता–दर्शकमाझ अत्यन्त लोकप्रिय छन् ।

इन्दिरा गोले तामाङ कलाकार समाजकी पूर्व अध्यक्षसमेत रहिएकी थिइन् । उनको उपचारका लागि तामाङ कलाकार संघ लगायत विभिन्न संघसंस्थाले आर्थिक संकलन अभियानसमेत सञ्चालन गरेका थिए। उनका श्रीमानको पहिल्यै निधन भइसकेको छ भने उनी दुई छोरीकी आमा थिइन् ।

गोलेले बाल्यकालदेखि नै संगीतमा रुचि राख्दै आएको बताइन्छ। जीवनभर तामाङ भाषा, संगीत र संस्कृति जगेर्नामा समर्पित रहेकी गायिका गोलेको पार्थिव शरीरलाई बौद्ध परम्पनाअनुसार अन्त्येष्टि गरिने तयारी गरिएको छ । उनको निधनले नेपाली संगीत क्षेत्रले एक प्रेरणादायी र अनुभवी स्वर गुमाएको छ ।

प्रकाशित मिति : २०८२, १८ भाद्र बुधबार  १० : २० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि